Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बी डिभिजन लिगको आजको पहिलो खेलमा ब्वाइज र श्री भगवती भिड्दै

बी डिभिजन लिगको आजको पहिलो खेलमा ब्वाइज र श्री भगवती भिड्दै

  • मंगलवार, फाल्गुण २५ २०७७

  • 774
    SHARES

  • बी डिभिजन लिगको आजको पहिलो खेलमा ब्वाइज र श्री भगवती भिड्दै

    काठमाडौं । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा ब्वाइज युनियन र श्री भावती क्लबबीच खेल हुने छ ।

    ब्वाइज र श्री भगवतीबीचको खेल मध्यान्ह सवा १२ बजे सुरु हुने छ । ब्वाइज १० खेलमा १७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ । श्री भगवती १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

    आजको दोस्रो खेलमा टुसाल क्लबले श्री कुमारी क्लबसँग खेल्ने छ । टुसाल र श्री कुमारीबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुने छ ।

    श्री कुमारी ११ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ । टुसाल ९ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।


    मंगलवार, फाल्गुण २५ २०७७०८:२३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij