Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतमा कोरोनाका कारण एकैदिन ६०६ जनाको मृत्यु

भारतमा कोरोनाका कारण एकैदिन ६०६ जनाको मृत्यु

  • बिहिवार, श्रावण १ २०७७

  • 942
    SHARES

  • भारतमा कोरोनाका कारण एकैदिन ६०६ जनाको मृत्यु

    भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ३२ हजार ६९५ कोरोना संक्रमित फेला परेका छन् । नयाँ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ६८ हजार ८७६ पुगेको छ ।

    भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसको कारण एकैदिन ६०६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २४ हजार ९१५ पुगेको हो ।

    भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई लाख ७५ हजारभन्दा बढी संक्रमित फेला पर्दा १० हजार ९२८ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा एक लाख ५१ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने दुई हजार १६७ जनाको मृत्यु भइसकेको छ ।

    दिल्लीमा पनि एक लाख १६ हजारभन्दा धेरै संक्रमित भेटिँदा तीन हजार ४८७ जनाको मृत्यु भइसकेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसका ६ लाख १२ हजार ८१५ संक्रमित डिस्चार्ज भइसकेका छन् ।


    बिहिवार, श्रावण १ २०७७०२:२०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij