Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘बी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदै

‘बी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदै

  • बुधवार, फाल्गुण २६ २०७७

  • 894
    SHARES

  • ‘बी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदै

    काठमाडौं । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा आज(बुधबार)पनि दुई खेलहरु हुँदैछ ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा खुमलटार युथ क्लब र बाँसबारी क्लबबीच प्रतिस्पर्धा गर्ने छन् ।
    खुमलटार र बाँसबारीबीचको खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ ।

    लिगको आफ्नो अन्तिम खेलमा मैदान उत्रदा दुबै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् । खुमलटार १० खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

    बाँसबारी १० खेलमा २१ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

    अर्को खेलमा नयाँबस्तीले पुल्चोक स्पोर्ट्स क्लबसँग खेल्नेछ । नयाँबस्ती र पुल्चोकबीचको खेल दिउँसो ३ः३० मा सुरु हुनेछ ।

    नयाँबस्ती र पुल्चोक पनि लिगको अन्तिम खेलमा जित निकाल्न चाहन्छ । नयाँ बस्ती १० खेलमा १२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
    पुल्चोक १० खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ । रेलिगेसनबाट जोगिन पुल्चोकलाई अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ ।


    बुधवार, फाल्गुण २६ २०७७१०:५०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij