काठमाडौं । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलको अन्तिम दिन आज दुई खेल हुदैँ छन् ।
एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र मध्यपुर युथ एसोसियसनले प्रतिस्पर्धा गरिरहेको छ ।
झम्सिखेल र मध्यपुरबीचको खेल बिहान साढे ११ बजदेखि जारी छ । दुबै टिम लिग चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा हुने छन् ।
झम्सिखेल १० खेलमा ६ अंक जोडेर तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । मध्यपुर १३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
अर्को खेलमा च्याम्पियन सातदोबाटो युथ क्लबले रानीपोखरी कर्नर टिम आरसिटीसँग खेल्ने छ ।
सातदोबाटो र आरसिटीबीचको खेल दिउँसो साढे २ बजे सुरु हुने छ ।
दुई खेल अगाबै च्याम्पियन बनेर ’ए’ डिभिजनमा बढुवा भएको सातदोबाटो अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ ।
सातदोबाटो १० खेलमा २५ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ । आरसिटी १३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
लिगबाट पुल्चोक स्पोर्ट्स क्लब यस अघि नै ’सी’ डिभिजनमा घटुवा भईसकेको छ ।