Nov 03 2026 | २०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते
  • यो साता चर्चामा :
images

नेपालमा मृगौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै शुरू गर्छौँ: प्रधानमन्त्री ओली

नेपालमा मृगौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै शुरू गर्छौँ: प्रधानमन्त्री ओली

  • बिहिवार, फाल्गुण २७ २०७७

  • 853
    SHARES

  • नेपालमा मृगौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै शुरू गर्छौँ:  प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौला सम्बन्धी विशेषज्ञ सेवा छिटै शुरु हुने बताउनु भएको छ ।

    दुई पटक मृगौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओलीले विश्व मृगौला दिवसका अवसरमा चेतनामुलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै छिटै त्यस्तो सेवा केन्द्र स्थापना गर्न सरकार लागि परेको बताउनु भयो ।

    ‘मृगौलालाई रोगहरूबाट कसरी बचाउन सकिन्छ र रोग लागिहाले प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने भन्ने कुरामा हामीले ध्यान केन्द्रित गरेका छौं ।

    नेपालमा मृगौला सम्बन्धी विसेषज्ञ सेवा छिटै शुरु गर्छौं,’ ओलीको भनाई छ । ‘मृगौला रोगको साथमा स्वस्थ जीवन’ नारासहित आज विश्वभर मृगौला दिवस मनाईएको छ ।


    बिहिवार, फाल्गुण २७ २०७७०७:४१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij