Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

युरोपा लिग : आर्सनल र टोटनह्यामको सहज जित

युरोपा लिग : आर्सनल र टोटनह्यामको सहज जित

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 1.0K
    SHARES

  • युरोपा लिग : आर्सनल र टोटनह्यामको सहज जित

    एजेन्सी । युरोपा लिग फुटबलमा इंग्लीश क्लबहरु आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराति भएको पहिलो लेगको खेलमा आर्सनलले ग्रिसको ओलम्पियाकोसलाई ३–१ ले हरायो ।

    आर्सनलका लागि मार्टीन ओडेगार्ड, ग्याब्रियल र मोहोमद एल्नेनीले एक एक गोल गरे । गएराति नैं भएको अर्को खेलमा टोटनह्याम हट्सपरले चेक गणतन्त्रको डाईनामो जाग्रेबलाई २–० ले हरायो । टोटनह्यामको जितमा दुबै गोल ह्यारी केनले गरे ।

    अर्को इंग्लीश क्लब म्यान्चेस्टर युनाईटेड भने गएराति इटालीको एसी मिलानसँग १–१ गोलको बराबरीमा रोकिएको छ । युरोपा लिगका अन्य खेलहरुमा इटालीको ए।एस रोमाले युक्रेनको शख्तरलाई ३–० ले हराउँदा नेदरल्याण्ड्सको आयाक्सले स्विट्जरल्याण्डको योङ ब्वाइजलाई ३–० ले पाखा लगायो ।

    यसैगरी स्पेनको भियारियालले युक्रेनको डाईनामो किभलाई २–० ले पराजित गर्दा स्पेनकै ग्रानाडाले स्विडेनको मोल्डेलाई २–० ले पाखा लगायो ।


    शुक्रवार, फाल्गुण २८ २०७७०८:१८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij