Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 838
    SHARES

  • कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

    शुक्रवार दिउँसो ३ बजे देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बस्न लागेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए ।

    आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता समिकरणका विषयमा कांग्रेस कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

    त्यस्तै, देउवाले सत्ता समीकरणका सन्दर्भमा आजै ४ बजे आफ्नो निवास बूढानीलकण्ठमा जसपाका नेताहरुसँग छलफल गर्ने भएका छन् ।


    शुक्रवार, फाल्गुण २८ २०७७१२:४३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij