Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जनता समाजवादी पार्टीको संसदीय दलको बैठक शुरु, यस्ता छन् मुख्य एजेण्डा

जनता समाजवादी पार्टीको संसदीय दलको बैठक शुरु, यस्ता छन् मुख्य एजेण्डा

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 1.0K
    SHARES

  • जनता समाजवादी पार्टीको संसदीय दलको बैठक शुरु, यस्ता छन् मुख्य एजेण्डा

    काठमाडौं – सत्ता समीकरणका बिषयमा निर्णायक मध्येको एक जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक शुरु भएको छ ।

    सिंहदरवारमा बसेको बैठकबाट जसपाले संसदीय दलको नेता चयन गर्ने अनुमान गरिएको छ।

    यसका अलावा जसपाले रेशम चौधरीको रिहाई, सरकारमा जाने लगायतका विषयमा छलफल गर्ने जसपाका नेताले बताए । बैठकमा आज दलको बिधान पारित हुने बताइएको छ ।

    तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीचको एकीकरणपछि जसपा बनेपनि संसदीय दलमा भने अहिले पनि दुवै पार्टी छुट्टाछुट्टै छन् ।

    सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको जसपाले सरकारमा सहभागि हुने वा नहुने भन्ने निर्णय पनि आजको बैठकबाटै गर्ने जनाइएको छ । यस विषयमा छलफल गर्न जसपाका नेताहरु बिहीवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

    मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइलगायतका माग सम्बोधन भए सरकारमा सामेल हुने जसपाको अडान छ ।

    हिजोको छलफलमा यी विषयमा सरकार सकारात्मक भएपछि आज यसबारे थप छलफल गर्न लागिएको जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।

    जसपाका अधिकांश नेताहरु नयाँ सत्ता समीकरणका लागि दौडधुप गरिरहँदा पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भने सरकारमा नजाने धारणा राखेका छन् । यसले गर्दा जसपाभित्र नै आन्तरिक विवाद चर्कने सम्भावना समेत बढेको छ ।


    शुक्रवार, फाल्गुण २८ २०७७०२:२५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij