Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशलाई संकटबाट बचाउन काँग्रेस नेतृत्व लिन तयार : नेता भण्डारी

देशलाई संकटबाट बचाउन काँग्रेस नेतृत्व लिन तयार : नेता भण्डारी

  • शनिवार, फाल्गुण २९ २०७७

  • 715
    SHARES

  • देशलाई संकटबाट बचाउन काँग्रेस नेतृत्व लिन तयार : नेता भण्डारी

    काठमाडौं । नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारीले देशलाई संकटबाट बचाउन पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नुपर्ने बताउनुभएको छ ।

    देशका अन्य पार्टीभित्र विवाद देखिदैँ छ, देश संकटमा छ त्यसैले देउवालाई प्रधानमन्त्री बनाएर देशको अवस्था सुधार गर्न काँग्रेस प्रतिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. भण्डारीले भन्नुभयोे,“कम्युनिष्ट पार्टी यतिबेला आफैँ एकअर्कासँग रुष्ट छन्, देशमा अराजकता र भ्रष्टाचार बढीरहेको छ, यो निर्मूल पार्न काँग्रेस नेतृत्वको जिम्मेवारी लिन तयार छ ।”

    उहाँले देश बनाउने सोच नेतामा नहुँदा अहिले यस्तो परिस्थिती पैदा भएको आरोप लगाउनुभएको छ ।

    नेता डा.भण्डारीले काँग्रेस मुलुकलाई विकसित र समृद्ध तुल्याउन प्रतिवद्ध रहेको बताउँदै नेतृत्वका लागि सधैँ तयार रहने दावी गर्नुभयो ।


    शनिवार, फाल्गुण २९ २०७७०७:०७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij