Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

वेस्ट इन्डिजले जित्यो श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज

वेस्ट इन्डिजले जित्यो श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज

  • शनिवार, फाल्गुण २९ २०७७

  • 616
    SHARES

  • वेस्ट इन्डिजले  जित्यो श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज

    एजेन्सी । घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।

    नर्थ साउण्डमा शुक्रबार राति भएको दोस्रो खेलमा ५ विकेटको जित निकाल्दै वेस्ट इन्डिजले तीन खेलको सिरिज एक खेल अगाबै आफ्नो बनाएको हो ।

    पहिलो एकदिवसीयमा वेस्ट इन्डिजले ८ विकेटको जित निकालेको थियो । यस जितसँगै वेस्ट इन्डिज श्रीलंकाविरुद्ध २–० ले अघि रहेको छ ।

    श्रीलंकाले दिएको २ सय ७४ रनको लक्ष्य वेस्ट इन्डिजले ४९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

    वेस्ट इन्डिजको जितमा इभिन लेविसले १ सय ३ रनको शतकीय इनिङ्स खेले । शाइ होपले ४८ रन बनाए ।

    निकोलस पुरन ३५ रनमा अविजित रहदा कप्तान केइरन पोलार्ड र फाबियन एलन समान १५÷१५ रनमा आउट भए ।

    श्रीलंकाका नुवान प्रदिप र थिसरा परेराले २÷२ विकेट लिए ।

    यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो ।

    श्रीलंकाका दनुश्का गुनाथिलकाले ९६ रनको अर्धशतकीय इनिङ्स खेले ।

    यस्तै दिनेश चण्डीमालले ७१ रनको इनिङ्स खेल्दा डी सिल्भाले ४७ रन बनाए ।

    कप्तान दिमुथ करुनारत्ने १ रनमा आउट हुँदा थिसरा परेराले १९ रन बनाए । वेस्ट इन्डिजका जासन मोहमदले ३ तथा अल्जारी जोसेफले २ विकेट लिए ।


    शनिवार, फाल्गुण २९ २०७७०९:४६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij