Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमण पुनः बढ्दै गएपछि इटालीमा लकडाउन हुने

कोरोना संक्रमण पुनः बढ्दै गएपछि इटालीमा लकडाउन हुने

  • शनिवार, फाल्गुण २९ २०७७

  • 754
    SHARES

  • कोरोना संक्रमण पुनः बढ्दै गएपछि इटालीमा लकडाउन हुने

    एजेन्सी । कोरोना भाइरस संक्रमणको जोखिम पुनः बढ्दै गएपछि इटालीमा प्रतिबन्धात्मक नियम लागु हुने भएको छ ।

    आगामी सोमबारदेखि इटालीका अधिकांश क्षेत्रका पसल, रेस्टुरेन्ट र विद्यालयहरु बन्द हुने भएका छन् । प्रधानमन्त्री मारिओ द्राघीले महामारीको नयाँ लहरको चेतावनी दिएपछि सोमबारदेखि विद्यालय, रेस्टुरेन्ट तथा पसलहरु बन्द गर्न लागिएको बीबीसीले जनाएको छ ।

    इस्टरका बेला अप्रिल ३ देखि ५ सम्म पूर्णरुपमा बन्द गरिने छ । एक वर्षअघि इटालीले महामारी नियन्त्रणमा लिनका लागि पहिलोपटक देशव्यापी लकडाउन घोषणा गरेको थियो ।

    अहिले पनि इटालीमा संक्रमण तीव्र रुपमा बढिरहेको छ । इटालीमा कोभिड–१९ बाट अहिलेसम्म एक लाख भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ ।


    शनिवार, फाल्गुण २९ २०७७०९:५५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij