Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आहारारा गोल्डकप चैत २१ गतेदेखि हुने

आहारारा गोल्डकप चैत २१ गतेदेखि हुने

  • शनिवार, फाल्गुण २९ २०७७

  • 842
    SHARES

  • आहारारा गोल्डकप चैत २१ गतेदेखि हुने

    काठमाडौं । चैत १७ गतेदेखि हुने भनिएको मोफसलकै प्रतिष्ठित आहारारा गोल्डकप २१ गतेदेखि हुने भएको छ ।

    २८ गतेसम्म चल्ने आरारारा गोल्डकपमा १ विदेशीसहित ८ टिम सहभागी हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ ।

    पोखरा रंगशालामा हुने प्रतियोगितामा मनाङ मस्याङ्दी, नेपाल पुलिस, थ्री स्टार, नेपाल एपीएफ, संकटा, मछिन्द्र, अफ्रिकन रुट एसोएसन डउला क्यामरुन र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष केशबबहादुर थापाले जानकारी दिनुभएको छ ।

    प्रतियोगिताको उपाधि जित्नेले १० लाख १ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले ५ लाख १ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ ।

    सहाराले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७ बाट एकजना राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने छ । ३५ हजार, प्रमाणपत्र र दोसल्लासहित उत्कृष्ठ खेलाडी सम्मान प्रदान गरिने अध्यक्ष थापाले बताउनुभयो ।


    शनिवार, फाल्गुण २९ २०७७१०:२२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij