काठमाडौं । नेकपा एमालेका पूर्वअध्यक्ष तथा शिर्ष नेता झलनाथ खनालले अहिले नै एमाले फुट्यो भन्न नमिल्ने बताउनुभएको छ ।
उहाँले एमालेलाई धेरै संघर्षका साथ बनाइएको बताउँदै अहिले नै पार्टी फुट्यो भन्न नमिल्ने उल्लेख गर्नुभयो ।
नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भन्नुभयोे,“जसरी पार्टीलाई एकतापूर्ण तवरले बचाउनुपथ्र्यो त्यो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले न वैचारिक, न राजनीतिक, न शैद्धान्तिक तरिकाले बचाउन सक्नुभयो न पार्टी एकिकरण नै, उहाँले पद र शक्तिमा पुगेपछि पार्टीलाई बिर्सनुभयो ।”
पार्टीलाई बचाउने जिम्मेवारी बोकेका अध्यक्ष ओलीले नै नेकपा एमालेलाई विसर्जनतर्फ उन्मुख गराएको उहाँको आरोप छ ।
आफुलाई पदबाट हटाउनुपर्यो भने केवल पार्टीको १० औं महाधिवेशनले मात्र हटाउनसक्ने पनि उहाँको दावी छ ।
वैधानिकरुपमा बैठक नबोलाएर गुटगत बैठकबाट आफुअनुकुलका निर्णय ओलीले गरेकाले पार्टी विसर्जनतिर गएको नेता खनालले औंल्याउनुभयो ।
माओवादी केन्द्रसँग विगतमा एकिकरण गर्दापनि अध्यक्ष ओलीले आफुहरुसँग छलफल नै नगरेको खुलासा पनि उहाँले गर्नुभएको छ ।