काठमाडौं । सहिद स्मारक सी डिभिजन लिग फुटबल आजबाट सुरु हुँदै छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले ’सी’ लिग आजबाट एन्फा कम्प्लेक्समा सुरु हुने जनाएको छ ।
लिगको पहिलो दिन दुई खेलहरु हुने छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा खालीबारी युथ क्लब र झापा एफसीबीच प्रतिस्पर्धा हुने छ । खालीबारी र झापाबीचको खेल मध्यान्ह साढे १२ बजे सुरु हुने छ ।
दोस्रो खेलमा ओसिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ । ओसिस र चर्चबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुने छ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने १४ टिमले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।
सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुने छ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्ने छ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्ने छ ।