Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोनाविरुद्धको जारी खोप अभियान प्रभावित हुन सक्ने

कोरोनाविरुद्धको जारी खोप अभियान प्रभावित हुन सक्ने

  • सोमवार, चैत्र २ २०७७

  • 747
    SHARES

  • कोरोनाविरुद्धको जारी खोप अभियान प्रभावित हुन सक्ने

    काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध जारी खोप अभियान प्रभावित हुन सक्ने देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट खरिद गरिएको थप १० लाख डोज कोभिसिल्ड खोप अहिलेसम्म ल्याउन नसक्दा खोप अभियान प्रभावित हुन सक्ने देखिएको हो ।

    यद्यपि सेरम इन्स्टिच्युटले गत ९ फागुनमा १० लाख डोज खोप उपलब्ध गराएको थियो । पहिलो चरणको खोप प्राप्त भएको एक साताभित्रै दोस्रो चरणको खोप पठाउने भनिए पनि सेरमले अहिलेसम्म खोप उपलब्ध नगराएपछि समस्या देखिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सफोर्ड एस्ट्राजेनिकाले विकास गरेको भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप खरिदका लागि गत ५ फागुनमा अग्रिम भुक्तानी गरेको थियो ।

    स्वास्थ्य मन्त्रालयले २० लाख डोज खरिदका लागि प्रतिडोज खोपको ४ डलरका दरले १ अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेको थियो । सरकारले पुनः सेरमसँगै ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाइसकेको छ ।

    स्रोतका अनुसार सेरमले पछिल्लोपटक खोपको मूल्य बढाउने र १० प्रतिशत थप रकम एजेन्टका लागि दिनुपर्ने बताउँदै आएको छ ।

    आजको राजधानी दैनिकमा समाचार छ ।


    सोमवार, चैत्र २ २०७७०६:५०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij