Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

फ्रेन्च लिगमा पीएसजी नान्टेससँग २-१ ले पराजित

फ्रेन्च लिगमा पीएसजी नान्टेससँग २-१ ले पराजित

  • सोमवार, चैत्र २ २०७७

  • 703
    SHARES

  • फ्रेन्च लिगमा पीएसजी नान्टेससँग २-१ ले पराजित

    एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजी पराजित भएको छ । 

    आइतबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमा नान्टेससँग २-१ ले पराजित भएको हो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजीले हार व्यहोरेको हो ।

    खेलको ४२ औं मिनेटमा जुलियन ड्राक्सलरले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर, खेलको ५९ औं मिनेटमा रान्डल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १-१ गोलको बराबरीमा ल्याए ।

    त्यसपछि खेलको ७१ औं मिनेटमा मोसेस सिमोनले गोल गर्दै नान्टेसलाई २-१ गोलको जित दिलाए । यस हारसँगै पीएसजीले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

    पीएसजी २९ खेलमा ६० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । नान्टेस २७ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।


    सोमवार, चैत्र २ २०७७०८:२०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij