Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

सी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

  • सोमवार, चैत्र २ २०७७

  • 1.2K
    SHARES

  • सी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

    काठमाडौं । सहिद स्मारक सी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

    एन्फा कम्प्लेक्समा हुने पहिलो खेल सानेपा क्लब र विरगंज युनाईटेडबीच हुने छ । सानेपा र विरगंजबीचको खेल मध्यान्ह् साढे १२ बजे सुरु हुने छ ।

    यस्तै दोस्रो खेल मनोहरा युनाईटेड क्लब र महाबिर क्लबबीच हुने छ । दुई टिमबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुने छ ।

    आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

    सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।

    सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुने छ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्ने छ ।


    सोमवार, चैत्र २ २०७७१०:५३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij