Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप ७९ जनामा कोरोना संक्रमण, ८ सय ९५ जना आइसोलेसनमा

थप ७९ जनामा कोरोना संक्रमण, ८ सय ९५ जना आइसोलेसनमा

  • सोमवार, चैत्र २ २०७७

  • 1.3K
    SHARES

  • थप ७९ जनामा कोरोना संक्रमण, ८ सय ९५ जना आइसोलेसनमा

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का ७९ संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा तीन हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गरिएकोमा ७९ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७१ हजार ४०१ पुगेको छ ।
    हाल देशभर ८९५ जना आइसोलेसनमा र ४४ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । शनिबारसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार १४ जनाले ज्यान गुमाइसकेको मन्त्रालयले जनाएको छ ।

     


    सोमवार, चैत्र २ २०७७०४:५३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij