काठमाडौं । सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा सानोगौचरण युथ क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुने छ ।
सानोगौचरण र समाज कल्याणबीचको खेल अपरान्ह साढे १२ बजे सुरु हुने छ । पहिलो खेलका लागि मैदान उत्रदा दुबै टिम जित निकाल्ने लक्ष्यमा हुने छन् ।
यस्तै आज अर्को खेलमा सामाजिक युवा क्लब र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुने छ ।
सामाजिक र स्वयम्भुबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुने छ । दुबै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।