Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

खनाल–नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु, अध्यक्षता गर्दै खनाल

खनाल–नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु, अध्यक्षता गर्दै खनाल

  • बुधवार, चैत्र ४ २०७७

  • 1.1K
    SHARES

  • खनाल–नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु, अध्यक्षता गर्दै खनाल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राखिएको भेला बिहीबारसम्म चल्ने छ ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल–नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढाएको जनाएको छ ।

    ओली पक्षले खनाल–नेपाल पक्षको भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिए पनि देशभरबाट नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको छ भने भेला स्थलमा चहलपहल बढेको छ ।

    नेता-कार्यकर्तालाई ११ जना स्थायी समिति सदस्यद्वारा आइतबार जारी गरिएको विज्ञप्ति वितरण गरिएको छ । कार्यक्रम परिसरमा कम्युनिस्ट नेताहरु र एमालेका संस्थापक नेताहरुको तस्बिर राखिएको छ ।

    भेला ११ बजेबाट भेला सुरु हुने भनिए पनि औपचारिक रुपमा सुरु हुन भने ढिलाइ भएको थियो ।

    भेलास्थलमा प्राथमिक उपचारको प्रबन्ध मिलाइएको छ । कार्यक्रम दुई सत्रको रहने बताइएको छ । पहिलो सत्रमा उद्घाटन र दोस्रोमा बन्द सत्र रहनेछ ।

    भेलाको अध्यक्ष्यता वरिष्ठ नेता झलनाथ खनालले गर्दै हुनुहुन्छ । सर्वोच्च अदालतले एमाले ब्यूँझाइदिएपछि नेपालको बरियता नेपालको भन्दा अगाडि छ । यसअघि नेकपाका नेपालको बरियता अगाडि थियो ।

     


    बुधवार, चैत्र ४ २०७७१२:३३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij