काठमाडौं । नेपाली काँग्रेसका नेता भरत खड्काले परिस्थितीअनुसार देशको नेतृत्व गर्न तयार रहनुपर्ने बताउनुभएको छ ।
उहाँले मुलुकलाई अस्थिरताबाट बचाउने जिम्मेवारी काँग्रेसको रहेको उल्लेख गर्दै नेतृत्वका लागि तयार रहनुपर्ने धारणा राख्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले भन्नुभयो,“देश संकटमा गएको अवस्थामा त्यो परिस्थितीबाट देशलाई बचाउन काँग्रेस सधैं तयार रहन्छ, अहिले पनि जनमतबाट सत्तामा पुगेका पार्टीले स्थिरता कायम गर्न नसकेपछि काँग्रेस नेतृत्व लिन तयार छ ।”
फरक प्रसंगमा कुरा गर्दै उहाँले एमाले र माओवादी केन्द्र अलग हुने वित्तिकै सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको स्पष्ट पार्नुभएको छ ।
नेता खड्काले राजनीतिकरुपमा प्रदेशवासीलाई सहज हुने किसिमको कदम काँग्रेसले चाल्ने दावी गर्नुभयो ।