Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

केपी ओली सच्चिने लक्षणै छैनः माधव नेपाल

केपी ओली सच्चिने लक्षणै छैनः माधव नेपाल

  • बिहिवार, चैत्र ५ २०७७

  • 1.3K
    SHARES

  • केपी ओली सच्चिने लक्षणै छैनः माधव नेपाल

    काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सच्चिने लक्षण नभएको बताउनुभएको छ ।

    आफू पक्षको कार्यकर्ता भेलामा जवाफी सम्बोधन गर्दै उहाँले ओली नसुध्रिने बताउनुभएको हो ।

    ओलीले बोलाएको संसदीय दलको बैठकमा आफू पक्षका नेताहरु पनि सहभागी भएको सन्दर्भ उल्लेख गर्दै उहाँले समयमा सूचना प्रवाह नहुँदा त्यस्तो हुन गएको बताउनुभयो ।

    ‘केही साथी संसदीय दलको बैठकमा पुग्नु भएछ। त्यहाँ पुग्नेले आत्मसम्मान महसुस गर्न सक्नु भएनछ। ओली सच्चिने लक्षण छैनु’ नेपालले भन्नुभयो, ‘संसदीय दलको बैठकमा जाने कि नजाने कुरा भए। अन्तिममा नजाने निर्णय भयो। केहीलाई मेसेज पुगेर पनि हेर्न नपाउँदै बालुवाटार पुग्नु भएको रहेछ।’

    नेपालले अहिले पार्टीमा देखिएको विवादमा नेताहरू मात्रै मिलेर कार्यकर्ता मिल्ने अवस्था नरहेको बताउनुभयो । उहाँले तल्ला तहसम्मै विभाजनको स्थिति रहेको बताउनुभयो ।

    ‘नेताहरु मात्रै मिलेर मिल्ने सम्भावना छैन। केपी ओली पक्षले कार्यकर्ता तहमा समेत कूप्रचार गरेको छ’, बुधबार छलफलका लागि गठन गरिएको १० समूहबाट आएको सुझावमाथि जवाफ फर्काउँदै नेपालले भन्नुभयो ।

    नेपालले ओली पक्षले कूप्रचार रोकिने सम्भावना नरहेको बरु बढ्ने बताउनुभयो । ‘गलत समाचार सम्प्रेषण गरी उनीहरू भ्रम सिर्जना गरिरहेका छन्’, नेपालले भन्नुभयो।

     


    बिहिवार, चैत्र ५ २०७७०५:१७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij