Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पोग्बाको गोलमा म्यानचेस्टर युनाईटेड क्वाटरफाइनलमा प्रवेश

पोग्बाको गोलमा म्यानचेस्टर युनाईटेड क्वाटरफाइनलमा प्रवेश

  • शुक्रवार, चैत्र ६ २०७७

  • 647
    SHARES

  • पोग्बाको गोलमा म्यानचेस्टर युनाईटेड क्वाटरफाइनलमा प्रवेश

    एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एसी मिलानलाई १-० गोल अन्तरले पराजित गर्दै युनाईटेड अन्तिम आठमा पुगेको हो ।

    युनाईटेड समग्रमा २-१ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा युनाईटेड र मिलानले १-१ गोलको बराबरी खेलेका थिए ।

    मिलानको मैदानमा युनाईटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ औं मिनेटमा पोग्बाले गोल गरेका हुन् । जुन गोल युनाईटेडको जितमा निर्णायक बन्यो ।

    पोग्बाले मैदान छिरेको तीन मिनेट पछि नै गोल गरेका हुन् । फ्रान्सका पोग्बा ४६ औं मिनेटमा मार्कुस राषफोर्डको स्थानमा मैदान प्रवेश गरेका थिए ।

    यस्तै स्पेनिस क्लब ग्रानडा, भिल्ला रियलले अन्तिम आठमा स्थान बनाउँदा आयाक्स पनि अन्तिम आठमा प्रवेश गरेको छ ।रोमाले पनि क्वाटरफाइनलको यात्रा तय गरेको छ ।


    शुक्रवार, चैत्र ६ २०७७०९:००:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij