Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाल सुपर लिगको अक्सन आज

नेपाल सुपर लिगको अक्सन आज

  • शुक्रवार, चैत्र ६ २०७७

  • 1.0K
    SHARES

  • नेपाल सुपर लिगको अक्सन आज

    काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी किनबेच (अक्सन) आज हुँदै छ ।

    आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले लिगको अक्सन आज होटल सोल्टी क्राउन प्लाजामा हुने जनाएको छ । अक्सन बिहान ११ बजे सुरु हुनेछ । अक्सनबाट फ्रेन्चाइज टिमले ’ए’, ’बी’ र ’सी’ श्रेणीबाट खेलाडी छनोट गर्ने छन् ।

    अक्सनमा कुल १ सय ५८ जना खेलाडीलाई समावेश गरिएको छ । पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुने छ । लिगमा कुल १९ खेल हुने छन् ।


    शुक्रवार, चैत्र ६ २०७७०९:२१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij