काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस र जसपा पार्टीका केहि नेताहरुका कारण नेतृत्वबाट प्रधानमन्त्री केपी शर्मा ओलीको बर्हिगमन रोकिएको आरोप लगाउनुभएको छ ।
उहाँले काँग्रेस र जसपाका केहि नेताहरुले गर्दा देशको प्रणाली संकटमा परिरहेको बताउँदै नेतृत्व हातमा लिन तयार रहन अनुरोध गर्नुभयो ।
वरिष्ठ नेता पौडेलले केपी शर्मा ओलीकै नेतृत्वमा देशलाई चल्न दिनुभनेको लोकतन्त्रमाथि उपवास, नेपालको नैतिक र राजनीतिक धरातललाई ध्वस्त पार्नु, अदालतमाथि अपमान र संविधानमाथि खेलवाड गर्नु जस्तै भएको उल्लेख गर्नुभएको छ ।
देशका सबै राजनीतिक दलको अहिलेको मुख्य एजेण्डा ओलीको बर्हिगमन बन्नुपर्ने नेता पौडेलले बताउनुभएको छ ।
फरक प्रसंगमा नेता पौडेलले उहाँले पार्टीभित्रका जो नेताहरुले चुनाव र नयाँ जनादेश भनेर भाषण गरिरहेका छने उनीहरुले गिरिजाप्रसाद कोइरालालाई बिर्सेको आरोप लगाउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बरिष्ठ नेता पौडेलले भन्नुभयो,“मैले त गिरिजाप्रसाद कोइरालालाई सम्झिराखेको हुन्छु, अरुहरुले बिर्सेका छन् जसले चुनाव चुनाव भनेका छन्, नयाँ जनादेशमा जाने भन्दै छन् उनीहरुले बिर्सेका छन् ।”