काठमाडौं । सहिद स्मारक सी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा महाबिर युथ क्लब र विरगंज युथ एकेडेमीबीच प्रतिस्पर्धा हुने छ ।
समूह ’ए’ मा रहेका महाबिर र विरगंजबीचको खेल मध्यान्ह १२ः३० बजे सुरु हुने छ ।
यस्तै दोस्रो खेल विरगंज युनाईटेड क्लब र प्लानिङ ब्वाइज युनाईटेडबीच हुने छ । समूह ’बी’ मा रहेको विरगंज र प्लानिङबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुने छ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुने छ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्ने छ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्ने छ ।