Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बंगलादेशमा हिन्दूहरुमाथि आक्रमण, दर्जनौं घरमा लुटपाट र तोडफोड

बंगलादेशमा हिन्दूहरुमाथि आक्रमण, दर्जनौं घरमा लुटपाट र तोडफोड

  • शनिवार, चैत्र ७ २०७७

  • 8.9K
    SHARES

  • बंगलादेशमा हिन्दूहरुमाथि आक्रमण, दर्जनौं घरमा लुटपाट र तोडफोड

    एजेन्सी । बंगलादेशमा एक इस्लामिक समूहले हिन्दूहरुमाथि आक्रमण गरेको छ । सो समूहका हजारौं समर्थकले बंगलादेशको पूर्वोत्तरमा पर्ने सिलहट डिभिजनमा करिब ८० घरमा शुक्रबार हमला गरेर क्षतिग्रस्त गरेको भारतीय मिडिया हिन्दूस्तानले जनाएको छ ।

    बंगलादेशको अल्पसंख्यक समूदायका एक युवाले सामाजिक सञ्जालमा एउटा पोस्ट गरेवापत उक्त घटना भएको हो ।

    बंगलादेशको ढाका ट्रिब्यून अखबारलाई उदृत गर्दै हिन्दूस्तानले जनाएअनुसार मुताबिक हिफाजत ए इस्लाम नाम उक्त कट्टर इस्लामिक संस्थाका नेता मामुनुल हकका अनुयायीहरुले हिन्दूहरुमाथि हमला गरेका थिए । कतिपय हिन्दू आफ्नो ज्यान जोगाउन घरबाट भागेका थिए ।

    Capture.PNG

    Capture2.PNG


    शनिवार, चैत्र ७ २०७७०२:५३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij