Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

लेवान्डोस्कीको ह्याट्रिकमा बार्यनको जित

लेवान्डोस्कीको ह्याट्रिकमा बार्यनको जित

  • आइतवार, चैत्र ८ २०७७

  • 789
    SHARES

  • लेवान्डोस्कीको ह्याट्रिकमा बार्यनको जित

    एजेन्सी । रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा साविक विजेता बार्यन म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ ।

    शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिए पनि बार्यनले स्टुटगार्डलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

    घरेलु मैदानमा बार्यनलाई जित दिलाउन लेवान्डोस्कीले ह्याट्रिक गर्दा सर्जी नाब्रीले एक गोल गरे । खेलको १२औं मिनेटमा अल्फन्सो डेभिसले रातो कार्ड पाएपछि बार्यन १० खेलाडीमा समेटिएको थियो

    तर बार्यन एक खेलाडी कम हुँदा पनि चार गोल ग¥यो । खेलको १८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाए ।


    नाब्रीले खेलको २२औं मिनेटमा गोल गर्दै बार्यनको अग्रता दोब्बर पारे। २३औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३–० को बनाए । त्यसपछि ३९औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दै बार्यनलाई पहिलो हाफमै ४–० को अग्रता दिलाए ।

    जितपछि २६ खेलमा ६१ अंक जोड्दै बार्यन शीर्ष स्थानमा यथावत छ । स्टुटगार्ड ३६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

    बुन्डेसलिगाकै अर्को खेलमा बोरुसिया डर्टमण्ड भने एफसी कोल्नसँग २–२ गोलको बराबरीमा रोकिएको छ । एर्लिन हालान्डले दुई गोल गरेपनि डर्टमण्डले खेल जित्न सकेन।

    खेलको तेस्रो मिनेटमै हालान्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । तर ३५औं मिनेटमा डर्टमण्डका ओेन्द्रेज डुडाले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो ।

    ६५औं मिनेटमा इस्माइल ज्याकोब्सले गोल गर्दै कोल्नलाई २–१ को अग्रता दिलाए । तर ९०औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमण्डको हार टारे ।

    बराबरीपछि २६ खेलबाट ४३ अंकसहित डर्टमण्ड पाँचौँ स्थानमा छ । समान खेलबाट २३ अंकसहित कोल्न १४औं स्थानमा छ ।


    आइतवार, चैत्र ८ २०७७०८:५०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij