Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

साविक विजेता रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा

साविक विजेता रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा

  • आइतवार, चैत्र ८ २०७७

  • 998
    SHARES

  • साविक विजेता रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा

    एजेन्सी । करिम बेन्जामाले दुई गोल गरेपछि सेल्टाभिगोलाई पराजित गर्दै साविक विजेता रियल मड्रिड स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ ।

    शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३–१ ले पराजित गरेको हो ।

    रियलको जितमा करिम बेन्जामाले दुई र मार्को एसेन्सियोले एक गोल गरे । बेन्जामाले २०औं र ३०औं मिनेटमा गोल गरे । असेन्सियोले इन्जुरी टाइममा गोल थपे ।

    सेल्टाका सान्टि मिनाले ४०औं मिनेटमा एक गोल फर्काए । जितपछि २८ खेलबाट ६० अंक जोड्दै रियल अंक तालिकामा दोस्रो स्थानमा उक्लेको हो ।

    एक खेल कम खेलेको एट्लेटिको मड्रिड ६३ अंकसहित पहिलो स्थानमा छ । यस्तै २७ खेलबाट ५९ अंकसहित बार्सिलोना तेस्रो स्थानमा छ ।


    आइतवार, चैत्र ८ २०७७०८:५५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij