Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वसन्तपुर अगाडि विधिवतरुपमा चिर ठड्याएसँगै होली पर्व सुरु

वसन्तपुर अगाडि विधिवतरुपमा चिर ठड्याएसँगै होली पर्व सुरु

  • आइतवार, चैत्र ८ २०७७

  • 914
    SHARES

  • वसन्तपुर अगाडि विधिवतरुपमा चिर ठड्याएसँगै होली पर्व सुरु

    काठमाडौं । काठमाडौंको वसन्तपुर अगाडि विधिवत रुपमा आइतबार (आज) बिहान चिर ठड्याएसँगै होली अर्थात फागु पर्व सुरु भएको छ ।

    फागुन शुक्ल अष्टमी बिहान ८ बजेर २६ मिनेटको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चिर उठाइएको हो ।

    यही चैत १५ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर फागु पर्व मनाइने छ भने तराईका विभिन्न जिल्लामा भोलिपल्ट अर्थात १६ गते फागु पर्व मनाइने छ ।

    प्राचीन समयमा प्रल्हादले शिवशक्तिको आराधना गरेपछि त्यस्तो आध्यात्मिक गतिविधि मन नपराएर उनको सुनियोजितरूपले हत्या गर्ने उद्देश्यले होलिकाले उनलाई लिएर बलिरहेको आगोमा हाम फाल्दा प्रल्हादलाई केही नभएको तर आगोले नजल्ने बरदान पाएकी होलिका आफै जलेको कथा हिन्दू धर्मशास्त्रमा उल्लेख छ ।

    सत्यको विजय हुने मान्यताका साथ सोही बेलादेखि फागु पूर्णिमाका दिन होली पर्व मनाइँदै आएको धार्मिक विश्वास छ ।


    आइतवार, चैत्र ८ २०७७१०:०९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij