Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

किन गरे २१ वर्षीय युवकले सडक पेटीमा सुतिरहेका अथबैंसेको ढुङ्गाले हानी हत्या ?

किन गरे २१ वर्षीय युवकले सडक पेटीमा सुतिरहेका अथबैंसेको ढुङ्गाले हानी हत्या ?

  • आइतवार, चैत्र ८ २०७७

  • 780
    SHARES

  • किन गरे २१ वर्षीय युवकले सडक पेटीमा सुतिरहेका अथबैंसेको ढुङ्गाले हानी हत्या ?

    काठमाडौं । काठमाडौंको कलङ्कीमा आज ५५ वर्षीय पुरुषको हत्या भएको छ । कलङ्कीस्थित थापागाउँमा बिहान अपरिचित व्यक्तिले ढुंगाले हिर्काउँदा चौधरी थरका पुरुषको उपचारको क्रममा शहीद अस्पतालमा मृत्यु भएको हो ।

    हत्या आरोपमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले बताउनुभयो ।

    अपराध महाशाखा, परिसर काठमाडौं र प्रहरी वृत कालीमाटीबाट खटिएको टोलीले थापालाई ढुंगेअड्डाबाट पक्राउ गरेको हो । कलंकी क्षेत्रमा मजदुरी गरेर जीवकोपार्जन गर्ने चौधरीको टाउकोमा चोट लागेको छ । उनको शव शहीद अस्पताल कलङ्कीमा छ ।

    ढुंगाले हिर्काएर चौधरीको हत्या गरेको थापाले प्रहरीसँग स्वीकार गरेका छन् । आज बिहान साढे २ बजे सडक पेटीमा सुतिरहेका चौधरीलाई आरोपीले ढुंगाले हिर्काएर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

     


    आइतवार, चैत्र ८ २०७७०३:५७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij