Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

मेस्सीको कीर्तिमानी खेल : बार्सिलोनासँग सोसिडाड पराजित

मेस्सीको कीर्तिमानी खेल : बार्सिलोनासँग सोसिडाड पराजित

  • सोमवार, चैत्र ९ २०७७

  • 840
    SHARES

  • मेस्सीको कीर्तिमानी खेल : बार्सिलोनासँग सोसिडाड पराजित

    एजेन्सी । लियोनेल मेस्सीले कीर्तिमानी खेलमा दुई गोल गर्दा बार्सिलोनाले स्पेनिस ला लिगामा रियल सोसिडाडलाई ६–१ को विशाल अन्तरले पराजित गरेको छ ।

    आइतबार (हिजो) रातिको खेलसँगै मेस्सीले क्लबका लागि सर्वाधिक खेल खेल्ने ज्याभीको कीर्तिमानलाई भंग गरेका हुन् ।

    ३३ वर्षीय अर्जेन्टिनी फरवार्डको यो क्लबका लागि ७६८ औँ खेल थियो । एन्टोनी ग्रिजमानले बार्सिलोनाका लागि सुरुवाती गोल गरे भने सर्जिन्हो डेस्टले दुई गोल गरे । त्यस्तै ओसमान डेम्बेलेले पनि एक गोल थपे ।

    मेस्सीले यो सिजन २३ गोल गर्न सफल भएका छन् । बार्साका रेकर्ड गोलस्कोररले क्लबका लागि ६६३ गोल गरेका छन् । ला लिगामा उनले सर्वाधिक ४६७ गोल गरेका छन् । जीतसँगै रियल म्याड्रिडलाई उछिन्दै बार्सिलोना पुनः दोस्रो स्थानमा उक्लिएको छ ।

    आइतबार (हिजो) भएको खेलमा एथ्लेटिको म्याड्रिडले आलाभेसलाई पराजित गर्दै शीर्ष स्थानमा ४ अंकको अग्रता कायम राखेको छ ।

    एथ्लेटिकोको जीतमा लुइस सुवारेजले एक मात्र निर्णायक गोल गरे । सुवारेजको यो करियरको ५ सयौँ गोल थियो । खेलको अन्त्यतिर जान ओबलाकले पेनाल्टी पनि जोगाएका थिए ।


    सोमवार, चैत्र ९ २०७७०८:४८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij