Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्ता समीकरणबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्ने

सत्ता समीकरणबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्ने

  • सोमवार, चैत्र ९ २०७७

  • 1.1K
    SHARES

  • सत्ता समीकरणबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्ने

    काठमाडौं । नेपाली काँग्रेसले सत्ता समीकरणका विषयमा छलफल गर्न पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ ।

    सभापति शेरबहादुर देउवाले सोमबार (आज) दिउँसो ३ बजेका लागि बैठक आह्वान गर्नुभएको छ ।

    पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुको सहभागिता रहने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

    बैठकमा सत्तासमिकरणको विषयमा छलफल हुने जनाइएको छ ।

    यस्तै पत्रकार महासंघको आसन्न महाधिवेशनको विषयमा पनि छलफल हुने छ ।

    पदाधिकारी बैठक बोलाइएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजोर आफूनिकट शीर्ष नेताहरुसँग छलफल गर्नुभएको थियो । 

    छलफलमा पार्टीको १४ औं महाधिवेसन र सोमबार (आज)को बैठकमा समूहले उठाउने विषयको बारेमा परामर्श भएको महामन्त्री शशांक कोइरालाले जानकारी दिनुभयो ।


    सोमवार, चैत्र ९ २०७७०९:५४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij