Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डलाई थापाको प्रश्न, ‘ओली विदेशीबाट पालित–पोषित एजेन्ट हो भने किन अझै समर्थन फिर्ता नलिएको ?’

प्रचण्डलाई थापाको प्रश्न, ‘ओली विदेशीबाट पालित–पोषित एजेन्ट हो भने किन अझै समर्थन फिर्ता नलिएको ?’

  • सोमवार, चैत्र ९ २०७७

  • 1.2K
    SHARES

  • प्रचण्डलाई थापाको प्रश्न, ‘ओली विदेशीबाट पालित–पोषित एजेन्ट हो भने किन अझै समर्थन फिर्ता नलिएको ?’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीविरुद्ध दिएको अभिव्यक्तिप्रति प्रश्न उठाएका छन् । प्रचण्डले आइतबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीलाई ’बर्षौदेखि विदेशीबाट पालित–पोषित’ भएको आरोप लगाएकोप्रति आज ट्विट गर्दै थापाले प्रश्न उठाएका हुन् ।

    आफैंले विदेशी एजेन्ट भनेका व्यक्तिसँग एउटै पार्टीमा रहेर सहकार्य गरेको मात्र नभएर अझै पनि प्रधानमन्त्रीको समर्थन फिर्ता नलिएकोप्रति अध्यक्ष थापाले आश्चर्य व्यक्तसमेत गरेका छन् । उनले यसलाई लाजमर्दो राजनीतिको संज्ञासमेत दिएका छन् ।

    ‘दुईपटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बर्षौदेखि विदेशीबाट पालित–पोषित एजेन्ट’ भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ’, उनले लेखेका छन्, ‘यस्तो गम्भीर आरोप लगाउने, तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति !’

    प्रचण्डले आइतबार ५६ औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा नेपाल दलित मुक्तिमोर्चाले गरेको कार्यक्रममा ओली २०–२५ वर्षदेखि विदेशीहरूले हुर्काएको, पालित–पोषित रहेको आरोप लगाएका थिए ।

    ‘यो संविधान पनि सिध्याउन सक्ने केपी ओली नै रहेछ, गणतन्त्र सिध्याउन सक्ने, सबै उत्पीडित वर्ग, जाती, क्षेत्र, लिंग र समुदायलाई उनीहरूका हक अधिकारलाई सिध्याउन सक्ने, पहाडिया उच्चजातीय अहंकारवादको प्रतिनिधि र विदेशीका अगाडि राम्रै लम्पसार पर्न पनि सजिलै सक्ने, २०–२५ वर्षदेखि विदेशीहरूले हुर्काएको, पालित पोषित को हो भन्दै हेर्दै जाँदा सबैले केपी नै देखियो भनेका छन्’, प्रचण्डले भनेका थिए, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्न सक्ने पात्रका रूपमा केपीजीलाई साथ लिएका छन् । कति दिनलाई लिन्छन् मलाई थाहा छैन ।’

    Capture.PNG


    सोमवार, चैत्र ९ २०७७०१:०५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij