काठमाडौँ – नेकपा एमालेका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले नेकपा माओवादी केन्द्रले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको कुरा उल्लेख गर्दै अहिलेसम्म माओवादी केन्द्रले किन समर्थन गरिरहेको त? भन्दै फ्याट्ट समर्थन फिर्ता लिईहाले भो नि त भन्ने टिप्पणी गरेका छन् ।
उहाँले भन्नुभयो, ‘उहाँहरु प्रधानमन्त्रीसँग नैतिकता छैन भन्नुहुन्छ, नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्नुहुन्छ, उहाँहरुको अनुसार त यो सरकार अनैतिक सरकार भयो नि, त्यसो हो भने यो अनैतिक सरकारलाई किन समर्थन गरिरहेको त? फ्याट्ट समर्थन फिर्ता लिईहाले भो नि त।’
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले यस्तो बताउनुभएको हो। उहाँले आफूहरु जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।