Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देशलाई निकास दिन तत्काल ताजा जनादेशमा जाऊँ : नेता पाण्डे

देशलाई निकास दिन तत्काल ताजा जनादेशमा जाऊँ : नेता पाण्डे

  • मंगलवार, चैत्र १० २०७७

  • 781
    SHARES

  • देशलाई निकास दिन तत्काल ताजा जनादेशमा जाऊँ  : नेता पाण्डे

    काठमाडौं । नेपाली काँग्रेसका नेता सुरेन्द्र पाण्डेले सरकार ढल्ने अवस्था बनेपछि पार्टी नेतृत्व लिन सधैं तयार रहेको बताउनुभएको छ ।

    उहाँले पहिलो कुरा सरकार विस्थापित हुनुपर्ने परिस्थिती बन्नुपर्ने बताउदैं काँग्रेस अनिर्णयको बन्दी नबनेको दावी गर्नुभयो ।

    ‘सरकार विस्थापित हुने स्थिती बन्नुपर्यो, बहुमतमा सरकार चलिरहेको बेला काँग्रेस विना अर्थ किन सत्ताका लागि अघि बढ्ने, पहिला माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिनुपर्यो त्यसपश्चात सत्ता समिकरणका लागि काँग्रेस अघि बढ्नुपर्छ’,नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले भन्नुभयो ।

    उहाँले मुलुकलाई तत्कालको स्थितीबाट निकास दिन निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।

    अहिलेको सरकार जनताले दिएको म्याण्डेटमा खडा हुन नसकेकाले तत्काल ताजा जनमतमा जानुपर्ने नेता पाण्डेको भनाइ छ ।

    काँग्रेसले सरकारको नेतृत्व लिनै परे पार्टी सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

    देशलाई अहिलेको संकटमा फसाउने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली नै रहेको पनि नेता पाण्डेको आरोप छ ।


    मंगलवार, चैत्र १० २०७७०६:२४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij