Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमालेमा बबन्डर नमचाउन नेपाललाई नेता बडालको आग्रह

एमालेमा बबन्डर नमचाउन नेपाललाई नेता बडालको आग्रह

  • मंगलवार, चैत्र १० २०७७

  • 1.3K
    SHARES

  • एमालेमा बबन्डर नमचाउन नेपाललाई नेता बडालको आग्रह

    काठमाडौं । नेकपा एमालेका नेता केशव बडालले नेता माधव कुमार नेपाललाई पार्टीमा बबन्डर नमचाउन आग्रह गर्नुभएको छ ।

    उहाँले एमालेलाई फुटाउन नभई जुटाउन भुमिका निर्वाह गर्नुपर्ने बताउदैँ नेता बडालले पार्टीमा बबन्डर नमचाउन अनुरोध गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भन्नुभयो,“माधव नेपालजीले एमाले पार्टी जुटाउनुपर्ने दायित्व लिनुपर्ने हो, विगतमा जे जस्ता कमी कमजोरी भएपनि अब पार्टीलाई नयाँ उचाईमा पुगाउन सबै लाग्नुपर्ने हुन्छ ।”

    उहाँले नेपाल पेरिसडाँडाबाट प्रेरित भएदेखि पार्टीको विवाद झन् बल्झिएको दावी गर्नुभएको छ ।

    नेता बडालले पार्टी एक भएर अगाडी बढ्दा देशको हित हुने भएकाले सबैले आफ्ना कमी कमजोरी सच्याएर एकजुट हुनुपर्ने तर्क राख्नुभएको छ ।


    मंगलवार, चैत्र १० २०७७०६:४२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij