Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सी डिभिजन लिगमा आज पनि दुई खेल हुँदै

सी डिभिजन लिगमा आज पनि दुई खेल हुँदै

  • मंगलवार, चैत्र १० २०७७

  • 1.2K
    SHARES

  • सी डिभिजन लिगमा आज पनि दुई खेल हुँदै

    काठमाडौं । सहिद स्मारक सी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा प्लानिङ ब्वाइज युनाईटेड र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुने छ । प्लानिङ र स्वयम्भुबीचको खेल अपरान्ह सवा १२ बजे सुरु हुने छ ।

    यस्तै दोस्रो खेलमा विरगंज युथ एकेडेमी र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुने छ । विरगंज र समाजबीचको खेल दिउसो ३ बजे सुरु हुने छ ।
    आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुने छ ।

    यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्ने छ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्ने छ ।


    मंगलवार, चैत्र १० २०७७०९:१३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij