Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

त्रिदेशीय फुटबल: बंगलादेशको विजयी सुरुवात

त्रिदेशीय फुटबल: बंगलादेशको विजयी सुरुवात

  • बुधवार, चैत्र ११ २०७७

  • 819
    SHARES

  • त्रिदेशीय फुटबल:  बंगलादेशको विजयी सुरुवात

    काठमाडौं । त्रिदेशीय फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार कीर्गिस्तानको यू–२३ टिमलाई १–० ले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो ।

    बंगलादेशको जितमा आत्मघाती गोल निर्णायक बन्यो । कीर्गिस्तानका कुमारवज उलु बैमानले खेलको ३० औं मिनेटमा बंगलादेशका मोहमद साद उडिनको क्रस क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गरे । खेलको इन्जुरी समयमा कीर्गिस्तानले गोलको अवसर पाए पनि गोलमा रुपान्तरण गर्न सकेन । खेलमा बंगलादेशका सोहेल राना म्यान अफ दि म्याच चुनिए ।

    नेपालको पहिलो भिडन्त कीर्गिस्तानसँग चैत १२ गते बिहीबार हुनेछ । त्यस्तै नेपालले बंगलादेशसँग चैत १४ गते शनिबार खेल्नेछ । राउण्ड रोबिन लिगको आधारमा शीर्ष दुई टिमले चैत १६ गते सोमबार हुने फाइनलमा उपाधिका लागि खेल्ने छन् । उपाधि विजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ । तीनै देशका खेलाडी तथा कप्तानहरुले उपाधि जित्ने दाबी गरेका छन् ।

    यसैबीच, प्रतियोगिता हेर्न जाने दर्शकका लागि मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विज्ञप्ति जारी गर्दै त्रिदेशीय फुटबल हेर्न दर्शकलाई मास्क र सेनिटाइजर अनिवार्य गरेको हो । कोरोना भाइरसको महामारीको खतरा देखिएको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मास्क र सेनिटाइजर अनिवार्य गरिएको एन्फाले जनाएको छ ।


    बुधवार, चैत्र ११ २०७७०६:५८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij