Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पाँचथर कोरोना संक्रमितमुक्त, सबै क्वारेन्टाइन खाली

पाँचथर कोरोना संक्रमितमुक्त, सबै क्वारेन्टाइन खाली

  • शनिवार, श्रावण ३ २०७७

  • 1.1K
    SHARES

  • पाँचथर कोरोना संक्रमितमुक्त, सबै क्वारेन्टाइन खाली

    पाँचथर । पाँचथरमा कोरोना भाइरस (कोभिड १९) का सबै संक्रमितले स्वास्थ्य लाभ लिएर घर फर्किएका छन् । पछिल्लो पटक संक्रमित देखिएका तीन जना पुरुष कोरोना संक्रमण मुक्त भई शुक्रबार घर फर्किएपछि यहाँका क्वारेन्टाइन खाली भएको छ ।

    पाँचथरमा पहिलो पटक गत जेठ ३ गते कोरोना भाइरसको पहिलो संक्रमित भेटिएका थिए । जिल्लाको याङवरक गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २५ वर्षीया युवतीमा संक्रमण देखिएको थियो ।

    उनी सरकारी उद्धारबाट वैशाख ३० गते नेपाल आएकी थिइन् । संक्रमण देखिएपछि उपचारार्थ कोशी अस्पताल पठाइएकी ती युवती दुई साताअघि निको भई घर फर्किसकेकी छन् । यसैगरी जिल्लाभित्र पछिल्लो समय देखिएका सबै कोरोना संक्रमित निको भएर घर फर्किएपछि पाँचथर कोरोना संक्रमितमुक्त भएको हो ।

    जिल्ला प्रशासन कार्यालयले सबै संक्रमित निको भएको तथा क्वारेन्टाइनमा बसेका सबैको स्वाब परीक्षण गरी घर फर्काएको जनाएको छ ।  हायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार शुक्रबार जिल्लाका ४२ वटा क्वारेन्टाइन पूर्णरुपमा खाली भएका छन् ।


    शनिवार, श्रावण ३ २०७७१२:२३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij