Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

थ्री नेसन्स कपमा आज नेपाल किर्गिस्तानसँग भिड्दैं

थ्री नेसन्स कपमा आज नेपाल किर्गिस्तानसँग भिड्दैं

  • बिहिवार, चैत्र १२ २०७७

  • 649
    SHARES

  • थ्री नेसन्स कपमा आज नेपाल किर्गिस्तानसँग भिड्दैं

    काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलमा आज नेपालले किर्गिस्तानको यू–२३ टिमसँग प्रतिस्पर्धा गर्दै छ ।


    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग खेल्ने छ । नेपाल र किर्गिस्तानबीचको खेल साँझ साढे ५ बजे सुरु हुने छ ।

    नेपाल आज किर्गिस्तानलाई हराउने लक्ष्यसहित मैदान उत्रने छ । नेपाल किर्गिस्तानलाई हराएर फाइनल पुग्न चाहन्छ । किर्गिस्तान पनि नेपाललाई हराएर फाइनल सम्भावना कायम राख्न चाहन्छ ।

    दोस्रो खेलमा चैत १४ गते नेपालले बंगलादेशसँग खेल्ने छ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुने छ ।


    बिहिवार, चैत्र १२ २०७७०८:४७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij