काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेड बराबरीमा रोकिएको छ । आज भएको खेलमा चर्च ब्वाइज सानेपा क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुबै टिमले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । अघिल्ला तीन खेलमा जित निकालेको चर्च ब्वाइजले सानेपाविरुद्ध गोल गर्न असफल भयो ।
यस बराबरीसँगै चर्च ब्वाइजले ४ खेलमा १० अंक जोडेको छ । चर्च समूह ’बी’ को शीर्ष स्थानमा रहेको छ ।सानेपाको यो लगातार दोस्रो बराबरी हो ।
सानेपाले ४ खेलमा २ अंक जोडेको छ । लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।
सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुनेछ ।