काठमाडौं । नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डेले शुक्रबार (आज) पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा माधवकुमार नेपालसहित सांसदहरु सहभागी हुने सम्भावना रहेको जानकारी दिनुभएको छ ।
उहाँले संसद्मा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेस भएपनि एमालेका सबै सांसदले ओलीलाई साथ दिने दावी गर्दै संसदीय बैठकमा नेपालको पनि सहभागिता रहने सम्भावना स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद पाण्डेले पार्टी संसदीय मूल्यमान्यताअनुरुप चल्ने भएकाले अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठकमा सबै सहभागी हुने जानकारी दिनुभएको छ ।
कोहि पनि नेता एमाले पार्टी फुटाउन नलागेको दावी गर्दै उहाँले माधव नेपाल सधैं पार्टी एकताको पक्षमा उभिएको प्रष्ट पार्नुभयो ।