काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता कायम राख्न सबैले हरसम्भव कोशिस गर्नु पर्ने बताउनुभएको छ ।
उहाँले ट्विीट गर्दै नेकपा एमालेको पार्टी एकता जोगाउन सम्भव भएसम्म कोशिस गर्नु पर्ने बताउनुभएको हो । नेता भट्टराईल पार्टी एकता अझै पनि सम्भव रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले पार्टीभित्र थोरै पनि लचकताबाट एकता जोगिन सक्ने बताउनु भएको हो । एमाले विभाजन भएपछि हुने नोक्सानीले मुलुकलाई दशकौँपछि धकेल्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।
अतिवाद र अस्थिरताले के सम्म गर्छ भन्ने कुरा निकट विगतलाई सम्झे मात्रै पुग्ने जिकिर उहाँले गर्नुभएको छ ।