Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images
विश्वकप फुटबल छनोटः

नेदरल्याण्ड्स, क्रोएसिया, टर्की, रुस र बेलारुस विजयी

नेदरल्याण्ड्स, क्रोएसिया, टर्की, रुस र बेलारुस विजयी

  • आइतवार, चैत्र १५ २०७७

  • 979
    SHARES

  • नेदरल्याण्ड्स, क्रोएसिया, टर्की, रुस र बेलारुस विजयी

    एजेन्सी । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा नेदरल्याण्ड्स, क्रोएसिया, टर्की, रुस र बेलारुस विजयी भएका छन् ।

    समुह ‘जि’ अन्तर्गत नेदरल्याण्ड्समा भएको खेलमा घरेलु टोलीले लात्भियालाई २–० ले हरायो । यही समुहको अर्को खेलमा टर्कीले नर्वेलाई ३–० ले हराउँदा मोन्टेनेग्रोले जिब्रल्टारमाथि ४–१ को जित निकाल्यो ।

    समुह ‘ए’ को खेलमा सर्वियाले पोर्चुगललाई २–२ गोलको बराबरीमा रोक्दा लक्जेम्वर्गले रिपब्लीक अफ आयरल्याण्डलाई १–० ले पराजित ग¥यो ।

    यसैगरी समुह ‘इ’ को खेलमा बेलारुसले इस्टोनियालाई ४–२ ले हराउँदा चेक गणतन्त्रले बेल्जीयमलाई १–१ गोलको बराबरीमा रोकेको छ ।

    यसैगरी समुह ‘एच’ को खेलमा रुसले स्लोभेनियालाई २–१ ले तथा क्रोएसियाले साईप्रसलाई १–० ले हराएका छन् ।

    स्लोभाकिया र माल्टाबिचको खेल २–२ गोलको बराबरीमा सकिएको छ ।


    आइतवार, चैत्र १५ २०७७०८:३३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij