Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

संसद् चल्न दिनुपर्ने जिम्मा सबैको हो, सरकारलाई मात्र दोष नदिनुहोस् : तामाङ

संसद् चल्न दिनुपर्ने जिम्मा सबैको हो, सरकारलाई मात्र दोष नदिनुहोस् : तामाङ

  • सोमवार, चैत्र १६ २०७७

  • 991
    SHARES

  • संसद् चल्न दिनुपर्ने जिम्मा सबैको हो, सरकारलाई मात्र दोष नदिनुहोस् :  तामाङ

    काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले संसद्लाई निर्वाधरुपमा संचालन गर्ने जिम्मा सबै राजनीतिक दलहरुको रहेको बताउनुभएको छ ।

    नेता तामाङले विजनेशकारुपमा धेरै विधेयकहरु दिएकाले सरकारले संसद् चल्न दिएन भन्ने दोष लाग्नुनपर्ने दावी गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले देशलाई उचित निकास दिन नेकपा माओवादी केन्द्रले सरकारलाई समर्थन गर्ने कि बिश्वासको मत फिर्ता लिने भन्ने बारे छिट्टै निर्णय लिनुपर्ने उहाँको धारणा छ ।

    उहाँले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन देशमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।

    उहाँले देशको नेतृत्व ओलीले निकै इमान्दारीताका साथ निर्वाह गरेको उल्लेख गर्दै उहाँलाई पदबाट हटाउन निर्वाचन नै आवश्यक रहेको बताउनुभयो ।

    नेता तामाङले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन निर्वाचन र एमाले अध्यक्षबाट हटाउन महाधिवेशन नै विकल्प रहेको स्पष्ट पार्नुभएको छ ।


    सोमवार, चैत्र १६ २०७७०६:२६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij