Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
विश्वकप फुटबल छनोटः

फ्रान्सको पहिलो जित, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन पनि विजयी

फ्रान्सको पहिलो जित, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन पनि विजयी

  • सोमवार, चैत्र १६ २०७७

  • 1.3K
    SHARES

  • फ्रान्सको पहिलो जित, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन पनि विजयी

    एजेन्सी । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समूहको खेलमा गएराति फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी भएका छन् ।

    साविक विश्व विजेता फ्रान्सले काजस्तानलाई उसैको मैदानमा २–० ले हराउँदै विश्वकप छनौटमा पहिलो जित दर्ता गराएको हो ।

    अघिल्लो हप्ताको खेलमा युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको फ्रान्सले गएरातिको जितपछि दुई खेलबाट ४ अंक बनाएको छ ।

    गएराति भएको अर्को खेलमा जर्मनीले रोमानियालाई १–० ले हराउँदा इंग्ल्याण्डले अल्बानियामाथि २–० को जित निकाल्यो ।

    यसैगरि स्पेनले जर्जीयालाई २–१ ले हराउँदा डेनमार्कले माल्दोभालाई ८–० ले, स्विडेनले कोसोभोलाई ३–० ले, इटालीले बुल्गेरियालाई २–० ले, स्विट्जरल्याण्डले लिथआनियालाई १–० ले तथा अष्ट्रियाले फारो आईल्याण्डलाई ३–१ ले हराएका छन् ।


    सोमवार, चैत्र १६ २०७७०८:१८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij