काठमाडौं । नवलपरासी जिल्ला अदालतले जनमत पार्टीका संयोजक डा. सिके राउत (चन्द्रकान्त राउत)लाई ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी गरेको छ । राज्यविरूद्धको संगठित अपराध कसुरमा हाजिर हुन उनलाई आज सूचना जारी भएको हो ।
रौतहट महादेव गाउँपालिका २ घर भई हाल धनुषा जनकपुर उपमहानगर ८ डेरा गरी बस्ने राउतलाई अदालतमा हाजिर हुन भनिएको छ ।
बाटाका म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुत प्रमाण लिई हाजिर हुन आउनसमेत सूचनामा उल्लेख छ । हाजिर हुन नआएमा कानुनअनुसार हुने भनिएको छ ।
सिके राउत नेतृत्वको समूह ०७५ फागुन २४ मा सरकारसँग ११ बुँदे सहमति गर्दै मुलधारको राजनीतिमा आएको थियो । यसअघि, यो समूहले मधेसमा अलग राज्य हुनुपर्ने माग गरिहेको थियो ।