काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर फैलिएको वायू प्रदूषणबाट बालबालिकालाई जोगाउन सरकारले विद्यालयहरु बन्द गराउने तयारी गरेको जानकारी दिनुभएको छ ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही दिन विद्यालय बन्द गर्नेबारे छलफल भएको बताउनुभएको हो ।
चीनले अनुदानमा दिएको खोप हस्तान्तरण गर्ने कार्यक्रममा उहाँले भन्नुभयो, ‘छिट्टै यसबारे निर्णय हुन्छ ।’