Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

थ्री नेसन्स कपमा बंगलादेशविरुद्ध पहिलो हाफसम्म नेपाल दुई गोलले अघि

थ्री नेसन्स कपमा बंगलादेशविरुद्ध पहिलो हाफसम्म नेपाल दुई गोलले अघि

  • सोमवार, चैत्र १६ २०७७

  • 1.2K
    SHARES

  • थ्री नेसन्स कपमा बंगलादेशविरुद्ध पहिलो हाफसम्म नेपाल दुई गोलले अघि

    काठमाडौं । थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा बंगलादेशविरुद्ध पहिलो हाफसम्म नेपालले २-० गोलको अग्रता बनाएको छ । नेपालका लागि सन्जोक राई र विशाल राईले गोल गरे।

    दशरथ रंगशालामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको हो । खेलको १८ औं मिनेटमा सन्जोकले गोल गर्दै नेपाललाई अग्रता दिलाए । कर्नरबाट रिबाउन्ड भएको बल डिबक्सभित्रबाट राम्रो प्रहार गर्दै सन्जोकले गोल गरेका हुन् । सन्जोकको यो डेब्यु गोल हो ।

    नेपालले विश्वकप छनोटअन्तर्गत चाइनिज चाइपेईविरुद्ध गोल गरेयता अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको थिएन । चाइनिज ताइपेईविरुद्ध अन्जन विष्टले दुई गोल गरेका थिए ।

    खेलको १७ औं मिनेटमा सुनिल बलको क्रसमा अनन्त तामाङको हेडबल गोलकिपर अनिसुर रहमानले मुस्किलले जोगाएका थिए । ३० औं मिनेटमा अन्जन विष्टले गोलकिपर कटाएर हान्न खोजेको फ्लिक सर्ट पोष्टमाथिबाट बाहिरिएको थियो ।

    खेलको ४२ औं मिनेटमा रन्जित धिमालले दिएको पासलाई सन्जोकले थोरै दिशा दिए। जसलाई विशाल राईले अगाडि बढेर उत्कृष्ट फिनिसिङ गर्दै गोल गरे । योसँगै नेपालले पहिलो हाफसम्म २-० गोलको अग्रता बनाएको हो ।

    प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर पाउने छन् ।


    सोमवार, चैत्र १६ २०७७०७:०९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij